दफा ३१
कैद बापत शारीरिक श्रममा लगाउन सकिने
(१) तीन वर्ष वा तीन वर्षभन्दा बढी कैदको सजाय पाएको अठार वर्षभन्दा बढी उमेरको र शारीरिक रुपमा स्वस्थ्य रहेको कसूरदारले चाहेमा निजलाई कारागारले सार्वजनिक कामको लागि शारीरिक श्रममा लगाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम सार्वजनिक कामको लागि शारीरिक श्रममा लगाइएको कसूरदारले प्रति तीन दिन श्रम गरे बापत थप एक दिनको दरले निजको कैद कट्टा हुनेछ ।

(३) उपदफा (१) बमोजिम सार्वजनिक कामको लागि शारीरिक श्रममा लगाउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।